热门

X

简介

GIST

(Nepali) कार्यक्रम बारे जानकारी: आधुनिक चिनियाँ मानिसहरुको परम्परागत कुंग फूसंग भावनात्मक लगाव छ। यसले विभिन्न मार्शल आर्ट्सका खेलाडीहरूलाई यी प्राचिन युद्ध प्रणालीहरूको मूल निरन्तर रूपमा खोज्न, साथै पुस्तकहरू, मिडिया, प्रतिस्पर्धाहरू, प्रदर्शनहरू र स्वास्थ्यचर्याहरूको माध्यमबाट नयाँ तरिकाहरू खोज्न समेत प्रेरित गरेको छ। कुंग फू किन प्रख्यात छ भन्ने कारण मात्र केही शब्दहरूमा व्याख्या गर्न सकिँदैन। "कुंग फु क्वेस्ट" ले परम्परागत चिनियाँ मार्शल आर्टको साँचो अनुहार देखाउने आशा राख्दछ, किनकि यो हाम्रो राष्ट्रको अमुल्य विशेषताहरु, स्वभाव र मनोभावको मुर्त रुप हो। पहिलो शृंखलाको अद्वितीय विशेषताहरू र निकै सबल टोलीलाई जम्मा गर्दै, मार्शल आर्ट्सकर्ताहरुका साथ प्रविधिहरु, दर्शन, र विभिन्न शैलीहरुका व्यक्तिगत कथाहरुको अन्वेषण गर्न हामी एकपटक फेरि मार्शल आर्टको संसारमा पाइला राख्नेछौं। उत्तरको घाँसे मैदान र मरुभुमीहरु देखि दक्षिणको समुन्द्री तटहरु, यस शृंखलाले हामीलाई चीनको प्रान्तहरुको, हिमाल र नदिहरुलाई पार गरेको देख्नेछ। विभिन्न क्षेत्र र ठाउँहरुका मार्शल आर्ट्समा हाम्रो ध्यान केन्द्रित रहने छ, जसमा मंगोलियाको बोख, शाङ्सीको जंग यी क्वान, शाण्डोङ्गको प्रेयिंग म्याण्टिस, हेबेई र ताईवानमा बाजी क्वानका साथै फुजियान, ताइवान र ओकिनावाको ह्वाइट क्रेन बक्सिङ्ग पर्दछन्। कठिन र गम्भीर विषयवस्तुको सिर्जना गर्ने सिद्धान्तका साथ, विभिन्न शैलीहरुका कुलीनहरुले हरेक भागको प्रमुख अंगका रुपमा प्रस्तुत हुनेछ, जसलाई मार्शल आर्ट्सका खेलाडीहरुको प्रेरणात्मक कथाद्वारा पूर्ण रुप दिईने छ। हामी इतिहासका केहि पक्षलाई पनि छुनेछौं र केही सांकृतिक परम्पराहरुको पनि साक्षी हुनेछौं। हरेक युद्ध शैलीको आफ्नै दर्शन हुन्छ, चाहे त्यो पूर्ण बलको प्रयोग गरेर दस वटा युद्ध लड्नु होस् या थोरै बल प्रायोग गरेर शक्तिशालीलाई पराजित गर्नु होस्। मार्शल आर्ट्स खेलाडीको यात्राले चीनिया कंग फुको चरम अवस्थाको पुष्टि गर्छ, साथै शरीर र मस्तिष्कको माध्यमबाट जीवनको रहस्यहरु पत्ता लगाउँछ। मार्शल आर्ट्सको पाँच प्रमुख शैलीहरु एकपटक फेरि चम्किन्छन्। 现代中国人对于传统功夫有先天的情意结,以致各家门派武林中人透过书籍、媒体、竞技、表演或养生,不断为这古老的文化寻找根源及其新生出路。功夫之所以传奇,并非三言两语可以涵盖,「功夫传奇」则希望显现传统功夫的真实面貌,只因中华武术蕴涵我国民族的可贵性格、气魄及精神。 汲取第一辑的特色,配搭最合适的团队,我们再次与武者出发,涉足武林,探索各门派拳技哲理及人情故事。本辑纵横中国各省山川,北至草原大漠,南至沿岸海滨,聚焦于不同地域又独树一帜之地方武术绝学,分别有蒙古的搏克、山西的形意拳、山东的螳螂拳、河北台湾的八极拳、福建台湾冲绳的鹤拳。内容以严谨认真作标准,寻找不同门派高手为主轴,以各师傅及武者之奋斗经历为经纬,轻拭历史尘沙、感受文化风俗。 各式武术,自有其背后的思维,究竟是以一力降十会,抑或是以巧劲破千斤?武者们在一个个旅途上,印证中国功夫形下形上的至高境界,以肢体意态感悟人生启示。五大武术,再招武魂。